सांसद कण्डेलकाे पहलमा १४ सामुदायिक विद्यालयका २७६८ विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण

0

 नवलपरासी, ७ मंसिर । पश्चिम् नवलपरासीका ५ स्थानीय तहका १४ सामुदायिक विधालयमा अध्ययन गर्ने करिब २७६८ विद्यार्थी बालबालिकालाई स्कुल व्याग सहित शैक्षिक सामाग्री बितरण ।

No description available.

चाइना फाउन्डेसनको सहयोग,रास्ट्रीय अपाङ्ग पुनर्स्थापन समाज काठमाडौको ब्यवस्थापन तथा प्रतिनिधि सभा सदस्य देवेन्द्र कण्डेलको विशेष पहलमा जिल्लाका ५ स्थानिय तहका १४ सामुदायिक बिधालयमा अध्ययन गर्ने कक्षा १-५ सम्मका करिब २७६८ बिद्यार्थी बालबालिकालाई स्कुल ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम सप्पन्न भएको छ । सांसद कण्डेलले जेहेन्दार छात्र छात्रालाई स्कुल जान उत्साहित गर्न र शैक्षिक सामाग्री सहज रुपमा स्कुलमा लिन तथा विद्यार्थीहरुलाई पढाइप्रती रुचि जगाउने उद्देश्यले ब्याग सहयोग गरेको जानकारी दिनु भयो। कण्डेलले उपस्थित सम्पूर्ण छात्रछात्राहरुलाई शिक्षाको महत्वको बारेमा जानकारी गराउदै विद्यालय बाहिर रहेका गाउँ घरका अन्य बालबालिकाहरुलाई पनि विद्यालय जान प्रेरणा दिन अनुरोध गरेका थिए ।अाफु बिगतका दिनदेखि नै समाजिक काम गर्दै आएको र निरन्तर रुपमा सामाजिक काममा अग्रसर हुने सांसद कण्डेलले जानकारी दिनु भएको हाे। शैक्षिक सामाग्री वितरण कार्यक्रम अन्तर्गतको आज पहिलो चरणमा जगन्नाथ मा.बि,सुनवल -१२,धान्यान्चल मा.बि,सुनवल-१३, जनज्योती प्रा.बि,सुनवल-७, ज्योती मा.बि-सुनवल-७, जनता मा.बि,रामग्राम-१४,जनता मा.बि.,रामग्राम-१५, बुद्ध ज्योती प्रा.बि,रामग्राम-१६, हरि सुशील प्रा.बि,रामग्राम-३गरि ८ सामुदायिक बिधालयमा शैक्षिक सामाग्री वितरण गरिएको थियो भने बाकी रहेका उत्तम बालहित मा.बि,रामग्राम-७, शिव प्रा.बि.,पाल्हिनन्दन-२,मदरशा गौशिया प्रा.बि.सरावल-४, महेन्द्र मा.बि.,सरावल-३, सुबन्षी कन्या मा.बि.,-सरावल -२ गरि ६ वटा सामुदायिक बिधालयमा भोलि वितरण गरिने शैक्षिक सामाग्री आगामी दिनमा पनि निरन्तरता दिने कार्यक्रम रहेको प्रतिनिधि सभा सदस्य कण्डेलका स्वकीय सचीव कमल किशोर रायमाझीले बताए ।

No description available.

शैक्षिक सामाग्री वितरण कार्यक्रममा देवेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यतामा ,लुम्बिनी प्रदेश सद्स्य मा.बैजनाथ जैसवाल,जिल्ला समन्वय प्रमुख श्री शिव शन्कर राय,नेपाली काङ्ग्रेस जिल्ला सभापती श्री बिष्णु पौडेल ,रामग्राम न.पा.उपप्रमुख श्री रम्भा कुवर,सम्बन्धित वडा जनप्रतिनिधि,राजनैतिक दल प्रतिनिधी,पत्रकार तथा सम्बन्धित बिधालय शिक्षक तथा अभिभावकज्युहरुको उपस्थित रहेको रायमाझीले वताए । बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग सहयोग मिलेको भन्दै आफू खुसी भएको बिद्यार्थी र अभिभावकहरुकाे भनाइ छ। अति बिपन्न बालबालिकालाई सहयोग गरेको शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरणले विद्यार्थीहरुलाई नियमित रुपमा विद्यालय अाउनमा ठुलाे उत्प्रेरणा जगाएकाे र उपलब्ध गराइदिएकोमा सांसद कण्डेललाई विद्यालयका शिक्षक शिक्षिकाहरुले ठुलाे सहयोग गरेको भन्दै धन्यवाद समेत दिए।

You might also like