बृक्षारोपण कार्यक्रम सम्पन्न

0

बर्दघाट ११ साउन :
पश्चिम नवलपरासीको बर्दघाटमा बृक्षारोपण कार्यक्रम आइतवार सम्पन्न भएको छ । लायन्स क्लव अफ ईन्टरनेश्नल डिस्ट्रिक ३२५ वि टु को ११ हजार १ सय ११ वटा विरुवा रोप्ने अभियान अन्तरगत नगरपालिकाको वडा नम्बर ४ मर्चाघोलामा पारिजात सामुदायिक बनक्षेत्र भित्र बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रममा लायन्स क्लव अफ नवलपरासी दाउन्ने र लियो क्लव अफ नवलपरासी दाउन्नेको पनि सहभागिता रहेको थियो । कार्यक्रम लायन्स क्लव अफ नवलपरासी दाउन्नेका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता र लायन्स क्लव अफ नवलपरासी दाउन्नेका संस्थापक तथा नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पुर्व अध्यक्ष युवराज डुम्रेले जानकारी दिनुभयो ।

You might also like