छठ तयारी

0

बर्दघाट ४ मंसिर – कोरोना कहरबीच पश्चिम नवलपरासी सहित यसक्षेत्रमा छठपर्वको रौनक बढेको छ । जिल्लाका सातैपालिकाका नदीकिनार सजिसजाउ भएका छन् । अघिल्लो बर्ष जस्तो झकिकाउ भने यस बर्ष छैन । जिल्लाका झरही नदी देखि भलुही खोला तथा गाउ गाउमा रहेका ताल तलैया छेउ छठपर्वका लागि तयारी गरिएका छन् । बर्दघाट ५ बण्डाखोला नजिकै पंचेश्वर शिवालय नजिकैको तलाउमा पनि छठको तयारी गरिएको छ । गतबर्ष जस्तो ठूलो भिडको ब्यवस्थापन गर्नु नपर्ने भएको हुदाँ छठपर्वको त्यति रौनक छैन । त्यस्तै पुर्वी नवलपरासीको कावासोती-१२ मा रहेको ज्योति गंगा स्नान घाटका किनारका ढुङ्गा यति बेला रङ्गिन बनेका छ्न ।

You might also like