कोभिड विशेष कृषि कार्यक्रम

0

बर्दघाट ३० असार – बर्दघाट नगरपालिकाको कार्यालयले कोभिड विशेष कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई अनुदान उपलव्ध गराएको छ । नगरका तरकारी उत्पादक, खाध्यान्न बीउ उत्पादक, बाख्रा, बंगुर र कुखुरा पालन गरेका व्यवसाय उन्मुख कृषकहरुले बीस हजारका का दरले आफ्नो बैक खाता मार्फत नगद अनुदान प्राप्त गरेका हुन । यस कार्यक्रम संचालनका लागि ५ न. प्रदेश सरकार वाट रु. बाइस लाख बजेट प्राप्त भएको थियो ।
कार्यक्रम संचालन कार्यविधि अनुसार तोकिएको अवधिमा पेश हुन आएका १०६ वटा रितपुर्वक आएका दरखास्तहरुको स्थलगत प्रमाणिकरण गरि सम्वन्धित वडाध्यक्ष वाट कार्यक्रम संचालनका लागि सम्झौता गरिएको थियो ।
कार्यक्रम वाट नगरका ७६ जना कृषकहरु लाभान्वित भएका छन । यस कार्यक्रम अन्तर्गत हाल सम्म रु.१५ लाख ८० हजार नुदान वितरण गरिएको छ । .कार्यक्रम ७५ र २५ को लागत सहभागितामा सम्पन्न गरिएको कृषि अधिकृत युवराज लम्सालले बताउनुभयो ।

You might also like