रुकुम घटनामा संग्लनलाई कारवाही माग गर्दै आन्दोलनमा ऐक्यबद्धता

0

काठमाण्डौ – त्रिभुवन विश्वबिद्यालय कीतिपुरमा मानवशास्त्र दर्शनाचार्य (एम.फिल.) अध्यननरत बिद्यार्थीहरुले पश्चिम रुकुमको चौरजहारी घटनामा संग्लनलाई कारवाही माग गर्दै न्यायपुर्ण आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका छन् ।

२३ जना शोधकर्ताहरुले एक बिज्ञप्ति जारी गरेको बिज्ञप्तिमा – विभेदको मर्मलाई नियालेर हेर्दा मिति २०७७ साल जेठ १० गते शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउ“को भेरीतटमा भएको क्रुर, अमानबीय, पाशविक र आततायी घटनाले हाम्रो समाजको सांस्कृतिक, सामाजिक र राजनीतिक चेतनाको स्तरलाई उदांगो पारेको छ । यो घटना नेपाली समाजको जातिवादी संक्रीणताकोे पराकाष्ठा हो ।–भनिएको छ ।

You might also like