सार्वजनिक सुनुवाई कार्यक्रम

0

 बर्दघाट ४ मंसिर – तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले बर्दघाटमा प्रारम्भिक वातावरणीय परिक्षणका लागि विहीवार सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । कार्यक्रममा आयोजनाले नगरका सबै वडा समेटने भएपनि मुख्य क्षेत्र बर्दघाट १४ हुने जानकारी दिइएको थियो । आयोजनाले बर्दघाट नगर भित्र गर्ने मानव मल मुत्रीय फोहोर ब्यवस्थापन आयोजना संचालन गर्नका लागि सरोकारवालाबीच सार्वजनिक सुनुवाई गरेको हो । पश्चिम नवलपरासीको बर्दघाट नगरमा आयोजनाले करिब १२ करोड रुर्पैया लगायतमा संचालन गर्ने योजनाका लागि आयोजित कार्यक्रममा जनप्रतिनिधि तथा आयोजना भित्रका सरोकारवाला एंव पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख धीरज शर्मा बस्यालले नगरका लागि यो योजना अति नै महत्वपूर्ण रहेको बताउनुभयो ।

No description available.

कार्यक्रममा उपप्रमुख मायादेवी पौडेल तथा बिभिन्न वडाका वडाध्यक्ष कार्यपालिका सदस्यहरु वडा सदस्य एंव खानेपानी तथा सरसफाई क्षेत्रका ब्यक्तित्व सहभागी हुनुहुन्थ्यो । सरोकारवालाहरुले वातावरणीय संरक्षण तथा आयोजनाको बारे चाँसो ब्यक्त गरेका थिए । उक्त जिज्ञाशालाई आयोजनाका टिम लिडर तथा बिज्ञ केशवराज मिश्र र वातावरणविद योगेश शाक्यले सहजीकरण गर्दै आफ्ना प्रस्तुति राख्नुभयो ।

You might also like