बाल दिवसको अवसरमा वातावरणीय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सरावलमा सम्पन्न,

0

भदौ २९ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा संवाद किशोर किशोरी सञ्जालको आयोजना तथा ए.बि.सि. नेपाल, स्ट्रोम फाउन्डेसन नेपाल र सरावल गाउँपालिको सहयोगमा बाल दिवसको अवसरमा वातावरणीय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । बिपतमा बाल अधिकार को सुनिश्चितता हामी सबैको साझा प्रतिबधा भन्ने मुल नाराका साथ आज बबाल दिवस मनाइएको हो । सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख अतिथ्यता, एवं सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा राय, प्रमुख प्रशासकिय अधिकृत बुध प्रकाश पौडेलको बिशिस्ट अतिथतामा कार्य्रक्रम सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममाा बोल्दै प्रमुख अतिथ चौधरीले यस कार्यक्रमबाट कोरोना भाईरस बाट बच्ने उपायहरुको साथै बाल अधिकारका विभिन्न नियमबारे अवगत हुनुका साथै बालमैत्रि अभियानमा उत्तप्रेरणा प्रदान गरेको बाताउगदै यस सरालव गाउपालिकाले बालबालिकाको क्षत्रेमा राम्रो काम गरिरहेको र आगामी दिनहरुमा पनि बालबालिकाालई शिक्षाको पहुंचमा ल्याउन र उनिहरुलाई अन्य ज्ञान सिपयुक्त तालिम प्रदान गरि दक्ष बनाउन आफुहरु काम गरिरहेको बताउनुभयो ।

सो अवसरमा बोल्दै सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा रायले बालबालिका लाई राम्रो बानी र ब्यहारको आवश्क्ता भएकाले आफुहरु एक जुट भएर बाल मैत्रि अभियान लागू गर्ने कुरा माथि जोड दिनुभएको थियो । कार्यक्रममा अतिथिहरुको रुपमा नेपाल रेडक्रस सोसाईटि बालपुरि उपशखा सचिव सञ्जय मौर्य , कृषि शाखा प्रमुख कुलदिप मिश्रा , स्वास्थ शाखा प्रमुख ओमनारायन देवकोटा , घेरेलु तथा साना उद्योग ब्यसायि सरावलका अध्यक्ष जन्मजय यादव , समाजिक अभियानता मोहम्मद ईजहार शेष , पत्रकार उमेश बिक , समाजसेवी सुशीला हरिजन तथा किशोर किशोरीहरु लागायतको सहभागी रहेको थियो । संवाद किशोर किशोरी सञ्जालकि सदस्य दुर्गा बिकको स्वागत मन्तब्य बाट सुरु कार्यक्रमको सञ्चालन संवाद किशोर किशोरी सञ्जालका कोषाध्यक्ष सन्दिप बिकले गर्नुभएको थियो ।

You might also like