खोलाले बगाई बालिकाको मृत्यु

0

असोज ६ ।

नवलपुरको देवचुली नगरपालिका-१३ बस्ने लिला बहादुर सारू मगरको छोरी अंन्दाजि १७ वर्षकी जिम माया सारू मगरको सोमबार टुनीखोलाले बगाई मृत्यु भएको छ ।बाख्रा चराउन गएकीे जिम माया बाख्रा चराई फर्कदा देवचुली १३ मा रहेको टुनीखोला तर्ने क्रममा खोलामा एक्कासी पानी बहाब बढेर बगाएको जनाईएको छ ।

उनलाई खोलाको किनाराा बेवारिशे अवस्थामा स्थानियले देखेपछि उनलाई उद्धारको लागी पुरानो मेडीकल कलेज भतरपुर चितवनमा लगिएको र अस्पतालमै उपचारको क्रममा सोमबार राति १०.०० बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल भरतपुर चितवनको शवगृहमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाणँले जानकारी दिनुभयो । nawalpur FM

You might also like