प्रतिपक्षको भूमिका ससक्त बनाउन काँग्रेसलाई पत्रकारहरुको सुझाव

0

३० कात्तिक,

लुम्बिनी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई प्रतिपक्षको भूमिका ससक्त बनाउन पत्रकारहरुले सुझाव दिएका छन् । लुम्बिनी प्रदेश संसदीय दलमा प्रमुख सचेतकमा हालै नियुक्त हुनु भएका फकरुद्धिन खानसंगको अनौपचारिक भेटघाटमा रुपन्देहीका पत्रकारहरुले प्रतिपक्षको ससक्त भूमिकाले सरकारलाई समेत जिम्मेवार बनाउने बताउँदै जनसरोकारका बिषयमा ससक्त भूमिका खेल्न आग्रह गरेका हुन् ।
प्रमुख सचेतकमा नियुक्ति भएपछि मंगलबार खानले रुपन्देहीका पत्रकारहरुसंग अनौपचारिक भेटघाट गरि सुझाव लिनु भएको थियो । त्यस क्रममा पत्रकारहरुले प्रमुख प्रतिपक्षको भूमिका फितलो हुँदा सरकारले समेत जिम्मेवारी बोध गर्न नसकेको गुनासो गरेका थिए । त्यस्तै उनीहरुले सांसदहरु कानुनी विषयमा समेत पूर्ण ज्ञान नभएकै कारण विषयगत समितिमा समेत प्रष्ट रुपमा आफ्नो धारणा बनाउन नसकेको बताउँदै बताएका थिए । त्यसको समाधानको लागि संसदीय दलले कानुनी परामर्शको लागि त्यस्ता विषयमा दख्खल राख्ने कानुनविदसंग परामर्श गर्न समेत सुझाएका छन् ।
प्रमुख प्रतिपक्षी दलले आफ्नो भूमिका देखाउने प्रसस्त ठाउँ हुँदाहुँदै पनि ईश्युलाई ब्राण्डिङ् र मार्केटिङ् गर्न समेत नसकेको उल्लेख गरेका थिए । यस अंगाडी नै लुम्बिनी प्रदेशमा पर्ने १२ जिल्लाका काँग्रेसका सभापतिहरुको बैठकले समेत प्रदेश संसदीय दलको भूमिका प्रभावकारी हुन नसकेको निश्कर्ष निकालेको थियो ।
पत्रकारहरुले जनताले समेत प्रतिपक्षको भूमिका प्रभावकारी होस भन्ने चाहेको भएपनि प्रतिप्रक्षको भूमिका नै देख्न नपाएको प्रमुख सचेतक खानलाई बताएका थिए । त्यस्तै प्रदेशको स्थायी राजधानी दाङ तोकेपछि स्थायी संरचना बनाएर राजधानी सार्नुपर्नेमा अस्थायी रुपमै लैजान खोजीएको भन्दै त्यसफर्त समेत ध्यानाकर्षण गराएका थिए । त्यस्तै पछिल्लो समयमा प्रदेशको औचित्यमाथी नै गम्भिर प्रश्न उठ्न थालेकाले प्रदेश संरचनाको औचित्य पुष्टि गर्नेगरी काम गर्न समेत सुझाव दिईएको थियो ।
जवाफमा प्रमुख सचेतक खानले भन्नुभयो–‘बास्तवमा प्रमुख प्रतिपक्षको भूमिका कमजोर भएकै हो, अव विगतलाई करेक्सन गरेर हाम्रो भूमिका ससक्त बनाउँछौं ।’ उहाँले हिजो पनि सदनमा आफूहरुले आवाज उठाएको र त्यो वेला काँग्रेस सांसदले उठाएको आवाजलाई संस्थागत गर्न नसकेका कारण भूमिका नदेखिएको प्रष्ट्याउनु भयो । उहाँले अवका दिनमा संसदीय दलमा बैठक बसेर पार्टीका स्प्रष्ट धारण बनाएर सबै सांसदले एक स्वरमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले प्रदेशको स्थायी राजधानी तोकिसकिएको अवस्थामा अस्थायीबाट उठाएर अस्थायी नै बनाउने कुरा राम्रो नभएको र त्यस विषयमा आफूले मुखयमन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण गराईसकेको जानकारी समेत गराउनु भयो । प्रमुख सचेतक खानले हुँदाहुँदैको अस्थायीबाट उठाउने फेरी अस्थायीमै लैजाने यस्ता कुराले चालु खर्च समेत बढ्ने भएकाले खर्चमा मितव्ययी बन्न समेत सरकारलाई आग्रह गर्नुभयो ।
प्रदेशको अस्थायी मुकाम बुटवल तोकिएपछि यति सुगम ठाउँमा त कर्मचारी आउन डेढ वर्ष लागेको स्मरण गर्दै पूर्वाधार केही नभएको स्थानमा राजधानी तोकिएको छ, त्यहा कर्मचारी पुग्न कति समय लाग्ला ? प्रश्न गर्नुभयो । उहाँले पत्रकारहरुसंग समेत रचनात्मक सुझाव सल्लाहको लागि आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाल, सल्लाहकार भवानीप्रसाद पाण्डे, बिक्रम खड्का, पत्रकारहरु दामोदर खनाल, अमृता अनमोल, स्वस्तिक श्रेष्ठ, टिआर शर्मा, शिब डुम्रे लगायत सहभागि थिए ।

लुम्बिनि टाईम्स

You might also like