अखिल( क्रान्तिकारी) बर्दघाट नगर भेलाद्वारा नयाँ नेतृत्व चयन

0

बर्दघाट २६ चैत्र – मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) पश्चिम नवलपरासीले स्थानीय निर्वाचन बहिष्कारको पक्षमा कार्यक्रम गर्दै आएको छ ।


अखिल (क्रान्तिकारी)ले स्थानीय निर्वाचन बहिष्कारको पक्षमा बिद्यार्थी जागरण अभियान संचालन गर्दै आएको हो ।
सो क्रममा जिल्लाका बिभिन्न शैक्षिक संस्थाहरुमा बैद्य अखिलले संगठन विस्तार तथा सुदृढीकरण अभियान सम्पन्न गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मनोज थापाले जानकारी दिनुभयो । अखिल (क्रान्तिकारी)ले बर्दघाटका बिभिन्न शैक्षिक संस्थामा अभियान सम्पन्न गरेर बर्दघाट नगर कमिटीको प्रथम भेला बर्दघाटस्थित पारिजात सामुदायिक वन उपभोक्ता समुहको पर्या पर्यटनक्षेत्रमा शनिवार

सम्पन्न गरेको जनाएको छ ।
नगर क्षेत्रका शैक्षिक संस्थामा रहेको शैक्षिक बिकृतिका बिरुद्ध संगठित हुदै आएका बिद्यार्थीहरुले भेला भएर शैक्षिक आन्दोलनको उठान बारे अन्तरक्रिया समेत गरेका थिए ।
भेलाबाट शैक्षिक नीजिकरण र माफियाकरण बिरुद्ध आन्दोलन केन्द्रीत गर्दै स्थानीय स्तरमा भएका महंगी भष्ट्रचारी तथा बिकृति बिसंगतिको भन्डाफोर गर्दै स्थानीय निर्वाचन बहिष्कारको नीतिलाई बिद्यार्थीहरु माझ लैजाने योजना बनाइएको अखिल (क्रान्तिकारी) बर्दघाट नगर समितिका नवनिर्वाचित अध्यक्ष आकाश खनालले जानकारी दिनुभयो ।


भेलाले सबै वडा तथा शैक्षिक संस्थाबाट प्रतिनिधित्व हुने गरी अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य आकाश खनालको अध्यक्षतामा २१ सदस्सीय बर्दघाट नगर समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सागर पाठक, सचिवमा विक्रम क्षेत्री, सहसचिवमा बास्मती चौधरी, कोषाध्यक्षमा बिन्दु मगर नगर सदस्यहरुमा निकिता चौधरी , सुजन भुसाल , यमकूमारी थारु , आस्मा चौधरी , कोपिला चौधरी , फेकू हरीजन , राजन खड्का , प्रकाश चापागाई , तरुन श्रीस मगर , रोशन श्रेष्ठ , सरोज विश्वकर्मा , सहवान अन्सारी लगायत निर्वाचित गरेको छ ।
त्यस्तै नवनिर्वाचित समितिको प्रथम बैठकबाट सबै पदाधिकारी र दुई जना सदस्यहरुश्र निकिता चौधरी र सुजन भुसाल रहने गरी सात सदस्सीय नगर सचिवालय समिति बनाएको जिल्ला सदस्य अनिशा गिरीले जानकारी दिनुभयो ।
भेला उद्घाटनमा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मनोज थापाले आम बिद्यार्थीहरुलाई निशुल्क अनिवार्य तथा सर्बसुलभ शिक्षा दिन नसक्ने संसदवादीदलहरुले आयोजना गरेको स्थानीय निर्वाचन बहिष्कार गर्न बिद्यार्थीहरुलाई आब्हान गर्नुभयो ।
कार्यक्रममा नेकपा( क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार एंव जिल्ला ईञ्चार्ज संकल्पले अखिल (क्रान्तिकारी)मा आबद्ध भएकै कारण प्रताड्ना सहनुपर्ने अवस्था आए बिद्यार्थीहरुको अभिभावकत्व क्रान्तिकारी माओवादीले लिने बताउनुभयो ।
कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का कार्यबहाक जिल्ला सेक्रेटरी समरले शैक्षिक संस्थाको नेतृत्व गरेका शैक्षिक ब्यक्तिहरु नै संसदीय राजीनितिक दलको लिप्त भएको भन्दै कुनै शैक्षिक संस्थामा अखिल( क्रान्तिकारी)लाई पस्न नदिने षडयन्त्र भए त्यसको बिरुद्ध जाइलाग्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रम अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य खुसी थापाको अध्यक्षता आकाश खनालको संचालन र जिल्ला सदस्य सागर डुम्रेको स्वागतमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य बसन्त क्रान्तिकारी युवा लीगका जिल्ला उपाध्यक्ष राजेन्द्र न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पश्चिम नवलपरासीले बिकृति बिसंगतिको भण्डाफोर कार्यक्रम गरेको छ ।
बर्दघाट-४ मर्चाखोलामा जिल्ला भेला कार्यक्रम गरेर क्रान्तिकारी महिलाहरुले संसदीय ब्यवस्थाको भण्डाफोर गरेका हुन ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला ईञ्चार्ज संकल्प , संघकी जिल्ला संयोजक उर्मिला थापा, मुक्तमाया महतोलगायतले बलात्कारको घटना , महंगी , भष्ट्रचार ब्यक्त रहेकोले निर्वाचन बहिष्कार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय महिलाहरुले सुकुम्बासीहरुलाई लालपुर्जा दिने बर्षौ देखिको आश्वासन पूरा नभएकोले स्थानीय निर्वाचनमा भोट दिन मन नलागेको बताएका थिए ।

कार्यक्रममा नेकपा(क्रान्तिकारीमाओवादी)का कावा जिल्ला सेक्रेटरी समर , बिद्यार्थी नेता मनोज थापा , दलित अगुवा मंगले सार्कीलगायत सहभागी रहेको बताइएको छ ।

 

You might also like