‘फ्रन्टलाइन’का ६ पत्रकार सहित ४५ जनाको कोरोना परिक्षण नेगेटिभ
पुष्पा गिरी
बर्दघाट, १२ भदौ –बर्दघाटका फ्रन्टलाइनका ६ पत्रकार सहित ४५ जनाको कोरोना परिक्षण नेगेटिभ आएको छ । एक मिडिया एक पत्रकारको दरले नगरले कोरोना परिक्षण गरेको थियो । त्यस्तै ५७ जनाको स्वाव पठाइएको मध्ये ४५ जनाको रिर्पाेट नेगेटिभ आएको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालील स्थानीयपत्रलाई बताउनुभयो ।
उक्त मध्येको १२ र पछि पठाइएको ३३ जनाको स्वाबको रिर्पाेट आउन भने बाकी नै छ । बर्दघाट नगरले १ हजार दुई सय बढीको पिसिआर र ३८१ जनाको आरडीटी गरिसकेको जनाएको छ ।