पशुहरुमा लाग्ने थुनेलो रोग रोकथामका लागि थुन डुबाउने प्रबिधि हस्तान्तरण

0

नवलपरासी (चौपत्ता) २६ कार्तिक – बर्दघाट नगरपालिका पशुपंन्छी विकास शाखाले बुधवार गाई तथा भैसीपालक कृषकहरुका लागि थुनेलो रोकथामका लागि थुन डुबाउने प्रबिधि हस्तान्तरण गरेको छ । शाखाले चन्द्रोदय बहुउदेश्शीय सहकारी संस्था बर्दघाट –४ को सभाहलमा कार्यक्रम आयोजना गरि उक्त प्रबिधि हसतान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले दुध तथा अण्डा उत्पादनमा नगर आत्मर्निभरतातर्फ अगाडि बढेको बताउदै कृषकका समस्या प्रति आफू सधै गम्भिर रहेको बताउनुभयो ।
उहाँले बेला मौका हुने मिल्क होली डे ले किसानहरुलाई मर्का पारेको भन्दै त्यसको बिकल्प खोजिने जानकारी दिनुभयो । नगर प्रमुख बस्यालले पशुपालक कृषकहरुको हितमा नगरपालिका लागेको उल्लेख गर्दै नगरले कृषिमार्फत समृद्ध हुने चाहना राखेको बताउनुभयो ।
कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सम्पर्क कार्यालय परासीका डा.भरत काफ्ले बर्दघाट नगरपालिका पशुपंन्छी विकास शाखाका प्रमुख भरत लम्साल, पशुसेवा प्राबिधिक रामप्रसाद पौडेल अगुवा कृषकहरु देवीलाल काफ्ले ,कमल ढकाल र लक्ष्मणजंग हमालले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा थुनेलो रोगबाट पशुहरुलाई बचाउनका लागि प्रयोग गर्नुपर्ने औषधि किसानहरुलाई प्रदान गरिएको थियो ।
कार्यक्रमको संचालन पशु सेवा प्राबिधिक अभिशेष लामिछानेले गर्नुभएको थियो ।

You might also like