म्याद गुज्रेका सामान बजार अनुगमन समितिले नष्ट ग¥यो

0

नवलपरासी ४ असार – बर्दघाट नगरपालिका अन्तरगत रहेको बजार अनुगमन समितिले लकडाउनका समयमा म्याद गुज्रेमा तथा अखाद्य बस्तु बेच्ने पसलहरुबाट बरामद गरिएका सामान विहीवार नष्ट गरेको छ ।

बर्दघाट नगर उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक मायादेवी पौडेलका नेतृत्वमा बर्दघाट उद्योग बाणिज्य संघ, उपभोक्ता अधिकारकर्मी र पत्रकार सहितको टोलीले अनुगमन गर्दा म्याद गुज्रेका चाउचाउ , मसला , अखाद्य चक्र तथा बैल कोल्हु ब्राण्डका खानेतेल , लिची जुस बरामद गरिएको थियो ।

उक्त सामान नगर उपप्रमुख पौडेलको उपस्थितिमा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख हुमनाथ रेग्मी नगरपालिकाका अनुगमन अधिकृत पुष्कर काफ्ले बर्दघाट उद्योग बाणिज्य संघका महासचिव दिनेश न्यौपाने नगर प्रहरी एंव पत्रकारको रोहवरमा ती सामान नष्ट गरिएको थियो ।

सो क्रममा उपप्रमुख पौडेलले ब्यवसायीहरुले म्याद भएका बस्तु मुल्य सुची राखेर बेच्ने र उपभोक्ताले पनि सचेतना अपनाउनुपर्ने बताउनुभयो । उहाँले बजार अनुगमनलाई तीब्रता दिने समेत जानकारी दिनुभयो ।

You might also like