बजार अनुगमन

0

बर्दघाट – नवलपरासीको बर्दघाट नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । नगर कार्यपालिकाको उपभोक्ता हित संरक्षण समितिको कार्ययोजना अन्तरगत बुधवारदेखि बजार अनुगमनले तीब्रता पाएको हो ।

बुधवार मासुपसलबाट शुरु भएको बजार अनुगमनमा आइतवार होटल तथा लज किराना तथा बिभिन्न पसलहरुमा अनुगमन गरिएको थियो । बुधवार मासु पसलहरुमा अनुगमन गरिदाँ मासु पसलहरुमा फोहोर रहेको र सुधार गर्न सुझाव दिइएको थियो ।

आइतवारको खाद्य अनुगमनमा मिठाई पसल र होटेलका भान्सामा सफा नदेखिएको तथा किराना पसलहरुमा मुल्य सुची नराखेको पाइएको अनुगमन टोलीका संयोजक पुष्कर काफ्लेले बताउनुभयो । प्रहरी , उपभोक्ता अधिकारकर्मी तथा पत्रकार सहितको टोलीले सो अनुगमन गरेको थियो । दुवै दिनको अनुगमन टोलीमा निजीक्षेत्र उद्योग बाणिज्य संघको भने प्रतिनिधित्व नरहेको बताइएको छ ।

You might also like