पश्चिम नवलपरासीमा आईतबार १५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

0

पश्चिम नवलपरासीमा आईतबार १५ जना कोरोना भाईरस (कोभिड १९) का संक्रमित पुष्टि भएको छ । जिल्लाको रामग्राम नगरपालिकामा ७ जना पाल्हीनन्दन गाँउपालिकामा ७ जना र बर्दघाट नगरपालिकामा १ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सु्स्ता पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिनुभएको छ । आज संक्रमीत हुनेमा रामग्राम नगरपालिकाको वडा नम्बर ३ का २९ बर्षिय पुरुष, वडा नम्बर ४ का २३, २६ र २७ बर्षका पुरुष, वडा नम्बर ५ का ३९ बर्षिय पुरुष, वडा नम्बर ७ का २८ बर्षिय पुरुष र वडा नम्बर १२ का २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो भने पाल्हीनन्दन गाँउपालिकामा वडा न २ का ४२ बर्षिय पुरुष वडा न ६ का १३, १५, ११, ४८ वर्षका पुरुष छन् भने ४० र २९ वर्षको महिला र बर्दघाट नगरपालिकामा भने वडा नम्बर ४ की ७२ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । यो संगै जिल्लामा हालसम्म संक्रमितको संख्या ३ सय ६८ पुगेको छ ।

You might also like