बलिउड हस्ती अमिताभ बच्चन कोरोना पोजेटिभ, राति नै भर्ना गरियो मुम्बईको अस्पतालमा

0

एजेन्सी असार २८ ।

भारतीय अभिनेता बलिउड हस्ती अमिताभ बच्चनलाई कोरोना पोजेटिभ भएको छ । उनलाई गएराति नै मुम्बई स्थित अस्पताल भर्ना गरिएको बिबिसीले जनाएको छ ।
उनका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना देखिएको छ । उनलाई पनि अमिताभसगैँ नानावती अस्पतालमै भर्ना गरिएको छ ।
उनीहरुका पारिवारीक सदस्य तथा अभिनेतृ ऐस्वर्या रायको पनि कोरोना परीक्षण भएको छ । उनको रिपोर्ट आज आउने छ ।
भारतमा अहिले सम्म ८ लाख बढी कोरोना संक्रमित पुगेका छन् भने २२ हजार बढीको मृत्यु भएको छ ।

Mirmire online

You might also like