आज देशभर एकैसाथ ३९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलन्यास हुँदै
१५ मंसीर ,काठमाण्डौं । सरकारले आज देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलन्यास गर्दै छ । स्वास्थ्य क्षेत्रमा एकैपटक यति धेरै अस्पताल निर्माणको थालनि भएको यो पहिलो पटक हो । जनसंख्या र भौगोलिक आधारलाई ध्यान दिएर ५ देखि १५ शैया सम्मको अस्पताल सिलन्यास हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं आधारभूत अस्पताल
शिलान्यास समन्वय समितिका संयोजक माधव लम्सालले स्वास्थ्य सेवामा अहिलेसम्मकै ठूलो काम हुन लागेको बताएका छन् । यस अघि नै अस्पतालहरु रहेका स्थानीय तहमा भने अस्पताल निर्माण गरिने छैन
। अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको हो । जसअन्तर्गत पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइनेछन् । यो अस्पताल कम्तीमा दुई बर्ष भित्र निर्माण भएर सञ्चालन हुनेछन् ।
- मिर्मिरे अनलाइन