नवलपरासीमा कार सहित अबैध सामान नियन्त्रणमा

0
सहबान अन्सारी
नवलपरासी, ३ कार्तिक । नवलपरासीमा अबैध सामान ओसार पसारमा संलग्न १ कार सहित १६ लाख ५० हजार ३ सय मुल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार बर्दघाट नगरपालिका वडा नं. ४ टिसियन चोक स्थित बा ६ च ५४०८ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अबैध रुपमा ल्याउदै गरेको करिब २ लाख ५७ हजार ४ सय बराबरको हुट,ज्याकेट,टाउजर,सर्ट,पाईन्ट लगायत बिभिन्न कपडा र करिब ११ लाखको कार सहित ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको हो ।
यसैगरी सोही नगरपालिका वडा नं. १० भुतहामामा भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको करिब १ लाख २४ हजार २ सय मुल्य बराबरको प्याज,मसुरो,घासको बिउ,तोरीको बिउ लगायतका सामानहरु ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको हो । त्यसैगरी पाल्हीनन्दन गाउँपालिका वडा नं. १ झरही खोला स्थित भारतबाट अबैधरुपमा ल्याउदै गरेको ६८ हजार ७ सय मुल्य बराबरको पित्तलको दियो,कचौरा,सिल्भरको जग,कालो प्लास्टिक लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरले नियत्रणमा लिएको हो । उक्त सामान मानिसहरुले मोटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरीटोलीलाई देखे पछि भागेका थिए नियन्त्रणमा लिएको कार सहित अन्य सामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
You might also like