वडा कार्यालय उद्घाटन

0


बिद्युत – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ६ को कार्यालय एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । आइतवार वडा कार्यालयले बेताहानीमा कार्यालय उद्घाटन गरेको हो । कार्यक्रममा नगर प्रमुख धीरज शर्मा बस्याल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी गिरी वडा नम्बर १ का वडाध्यक्ष मोतीलाल सुनार देवीदत्त सापकोटा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष रोहित चौधरीको अध्यक्षता, वडा सदस्य सम्झना रिजालको स्वागत र सचिव कृष्ण क्षेत्रीको संचालनमा सम्पन्न भएको थियोे ।

You might also like