एम. सी. सी.विरुद्ध राजमोको बिरोध कार्यक्रम

0

नवलपरासी : राष्ट्रिय जनमोर्चा जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा आइतबार सुनवल चोकमा एम सि सि विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ ।
विरोध कार्यक्रममा प्रमुख वक्ता रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष रेम रानाले mcc मिलियम च्यालेन्ज कर्पोरेसन ईन्डो पेसिफिक स्ट्याटेजिको अभिन्न अङ्ग भएकोले मुलुकलाई अमेरिकी सैन्य रणनीतिको चङ्गुलमा फसाएर जवर्जस्ति साम्राज्यवादी युद्धमा धकेल्ने योजना साथ आएको बताउनु भयो छ। उहाले ‘हामी नेपालीले mcc को विरोध गरेर संसदमा पेस गर्न नदिएर स्वतन्त्र मुलुकको रुपमा देशको अस्तित्व कायम राखनु पर्छ’ भन्नुभयो ।
साथै उक्त विरोध कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) नवलपरासी जिल्ला प्रवक्ता धनपति सापकोटा , अखिल नेपाल किसान महासंघ नवलपरासी जिल्ला अध्यक्ष जितबहादुर पौडेलले समेत mcc राष्ट्रिय हित विरुद्ध रहेकोले यसलाई खारेज गर्नुपर्नेमा जोडदिनुभयो ।
विरोध कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीको अध्यक्षता र तिलक प्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

You might also like