शसस्त्र प्रहरीले ढाई करोडको मालसमान बरामद गरि भन्सारलाई बुझायो
परासी, १४ श्रावण ।
शसस्त्र प्रहरी बल नेपाल नवलपरासीले एकबर्षमा करिब ढाई करोड मुल्य बराबरको तस्करीका मालसमान बरामद गरेको छ । जिल्लाको विभिन्न नाकाहरुबाट अवैध रुपमा भैरहेको चोरी तस्करीका २ करोड ४६ लाख मुल्य बराबरको विभिन्न सर–सामान बरामद गरि महेसपुर भन्सार कार्यालयलाई बुझाइएको छ ।
शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटरले गणबाट खटाईने प्रहरी गस्ती र आफनो मातहतका विओपीहरुको सहयोगबाट जिल्लाकोे विभिन्न नाकाकाहरुबाट त्यत्रो मुल्यको मालसमान बरामद गरि आवश्यक कार्वाहीको लागि भन्सारलाई बुझाइएको गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाले जानकारी दिए । उनले भने, यो राजस्व मेरो एकबर्षे कार्यकालको हो । स्थानिय तस्करहरुले भन्सार छली अवैध रुपमा निकासी पैठारी गरेको लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न, मटर, छोहडा, हार्डवयेर÷ईलेक्ट्रोनिक्स, खशीबोका लगायतका सामाग्रीहरु शसस्त्र प्रहरीले बरामद भन्सारलाई बुझाएको छ ।
त्यस्तै जनपद प्रहरी र भन्सारले स्वयम् आफै पनि विभिन्न तस्करीका मालसमान बरामद गरि राजस्व दाखिला पनि गरेको एसपी खनियाले बताए । नवलपरासी खुल्ला सिमाना भएको जिल्ला भएकाले तस्करी नियन्त्रण गर्न कठिनाई भएपनि तस्करी न्युनिकरण तर्फ सुरक्षाकर्मीहरुले राम्रो नतिजा ल्याएको छ । सिमा सुरक्षा, सिमामा हुने अपराधिक गतिविधि र चोरी तस्करी न्युनिकरणका लागि शसस्त्र प्रहरी नेपाल प्रहरी संगको समन्वय सहकार्यमा काम गरिरहेको र चोरी तस्करी न्युनिकरणमा सिमामा कडा निगरानी बढाएको शसस्त्र प्रहरी उपरिक्षक खनिलाये जानकारी दिए ।
त्यस्तै हिजो मंगलबार सशस्त्र प्रहरीले जिल्लाको प्रतापपुर गाउँपालिका ५ बसहियाबाट ९८ हजार मुल्य बराबरको हरियो मटर बरामद गरेको छ । नेपालबाट भारत भित्राउने क्रममा गस्तीमा खटिएको प्रहरी टोलीले उक्त मटर बरामद गरि आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाएको जनाएको छ । यता तस्करी रोक्न जनपद प्रहरी र महेसपुर भन्सार पनि सक्रियता देखाएको छ । तस्करी न्युनिकरण गर्न सुरक्षाकर्मीहरु सादा पोशाकमा खटि अवैध रुपमा भैरहेको निकासी पैठारीका मालसमानहरु धमाधम बरामद गरिरहेको प्रहरीले जनाएको छ ।
Nandan post