कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि चिसापानी अस्पतालको सेवा बन्द

0

 कार्तिक ३ 

पश्चिम नवलपरासीको बर्दघाटमा रहेको चिसापानी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बहिरांग सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नभएका सम्मका लागि सेवा बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शान्ती केसीले जानकारी दिनुभयो ।

आकस्मिक सेवा भने सुचारु रहेको अस्पतालले जानकारी दिएको छ । १५ शैयाको उक्त अस्पतालमा दैनिक बिरामिको भिड हुने भएकाले थप संक्रमण नफैलियोस् भनेर सेवा बन्द गरिएको डाक्टर केसीले बताउनुभयो । अस्प्तालमा कार्यरत चिकित्सक र कर्मचारीको सोमबार स्वाब संकलन गरि परिक्षणका लागी पठाईने छ ।

यता रामग्राम नगरापलिका वडा नम्बर ८ मा रहेको स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकी शिल गरिएको छ । …Radio parasi

You might also like