नगर प्रमुख बस्यालद्वारा बर्दघाट –५ मा पाईप उद्योग उद्घाटन

७ करोड संयुक्त लगानी

0

नवलपरासी १९ साउन – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका –५ मा ७ करोडको लगानीमा पञ्चरत्न पाईप प्रोडक्स उद्घाटन गरिएको छ । चार जना स्थानीय उद्योगीहरुको संयुक्त लगानीमा उक्त उद्योग संचालनमा आएको हो ।
उद्योगको सामेवार बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख बस्यालले नगरले औद्योगिक ग्राम संचालन गर्न लागि परेका बेला उक्त खोल्नु सुखद भएको बताउनुभयो ।
उहाँले उद्योगीहरुलाई सहयोग गर्न सधै नगरपालिका आतुर रहेको बताउनुभयो । तपाईहरुलाई हाम्रो साथ सहयोग रहनेछ– प्रमुख बस्यालले भन्नुभयो । त्यस्तै  उद्योगमा कृष्ण प्रसाद पाण्डेय, सुनिता खनाल, नेत्र पन्थ र आफ्नो लगानी रहेको अध्यक्ष गणेश प्रसाद पाठकले बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष सहितका बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उद्योगले खानेपानी सम्बन्धि पाइपहरु उत्पादन गर्ने बताएको छ ।

You might also like