प्रतापपुर गाउँपालिकामा विश्व हात धुने दिवस

0
नवलपरासी ,३० असाेज/
प्रतापपुर गाउँपालिकामा विश्व हात धुने दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका, मेड नेपाल, इन्द्रेणी सामाजिक विकास मञ्च र कालिका स्वावलम्बन सामाजिक केन्द्रकाे संयुक्त अायाेजनामा कार्यक्रम सम्पन्न भएको हाे ।
गाउँपालिकास्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) समन्वय समितिका अध्यक्ष तथा कार्यदल संयाेजक गाउँपालिकाका कार्यबाहक अध्यक्ष अञ्जु कुमारि चाैधरिकाे अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मञ्चका नारायण भण्डारीले स्वागत गर्दै विश्व हात धुने दिवस मनाउनुकाे अाैचित्यमाथि प्रकाश पार्नु भएको थियाे ।
मेड नेपालका मिरा थापाले हात धुनुका फाइदाबारे जानकारी गराउदै हात धुने तरिका सिकाउनु भएको थियाे । गाउँपालिकास्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) समन्वय समितिका अध्यक्ष तथा कार्यदल संयाेजक गाउँपालिकाका कार्यबाहक अध्यक्ष अञ्जु कुमारि चाैधरिले सहि तरिकाले साबुनपानीले मिचिमिचि ३० सेकेन्डसम्म हात धुदा मात्रै पनि धेरै राेगबाट वचन सकिने हुदाँ यसबारे सबैलाई बुझ्न र बुझाउन जरुरि रहेकाे बताउनु भयाे ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिदेव चाैधरिले काेभिड १९ काे यस अवस्थामा हात धुनुकाे महत्त्व झन बढेकाे बताउदै गाउँ गाउँमा हात धुने तरिका सिकाउन कार्यक्रम गर्नुपर्ने बताउनु भयाे । कार्यक्रममा सहभागीहरुलाई हात धुने तरिका सिकाउदै साबुन समेत वितरण गरिएको थियाे ।

You might also like