ईलाका प्रहरी कार्यालय बर्दघाटले मुद्धा चलाउने सुबिधा पाएकै दिन जनप्रतिनिधि सहित ६ जुवाडे पक्राउ

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटमा रहेको ईलाका प्रहरी कार्यालय आफैले मुद्धा संचालन गर्ने सुविधा पाएकै दिन जनप्रतिनिधि सहित ६ जना जुवाको खालबाट पक्राउ परेका छन् । कार्तिक १ गतेबाट ईलाकाले आफ्नै कार्यालयबाट अभियुक्तहरुलाई मुद्धा चलाउन सक्ने सुविधा पाएको थियो । १ गते राति नै छापा मारेर प्रहरीले ६ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सत्तारुढ नेकपाबाट बर्दघाट नगरपालिका वडा नम्बर ४ मा प्रतिनिधित्व गर्ने वडा सदस्य बिष्णु भण्डारी सहित बर्दघाट नगरपालिका–१३ का समाजवादी पार्टीका बासु खनाल, सरावल–१ का गणेश पाण्डे, सुनवल नगरपालिका–१२ का टोपबहादुर घिमिरे, सरावलका प्रदिप अग्रहरी र जुवा खेलाउने घरधनी लीलाबहादुर चौधरी रहेकाको स्रोतले जनाएको छ । त्यस्तै अग्रहरी नेपाली काँग्रेसबाट सरावल गाउपालिकामा अध्यक्षका प्रत्यासी भएको बताइएको छ । बर्दघाट पोष्टले प्रथम पृष्ठमा प्रकाशित गरेको छ ।

You might also like