सरावल गाउँपालिकाद्वारा कृषकलाई प्रोत्साहन कार्यक्रम

0

नवलपरासी २३ जेठ – पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले कोबिड बिशेष कृषि कार्यक्रम ल्याएको छ । बिदेशबाट फर्केका र ब्यवसाय उन्मुख कृषकहरुलाई कृषि बिकास प्रोत्साहन कार्यक्रम तथा बालीको उत्पादन र उत्पाकत्व बुद्धिका लागि बीउ उत्पादक कृषक , कृषक समुह वा सहकारीलाई प्रोत्साहन कार्यक्रम सरावल गाउँपालिकाले ल्याएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकास पौडेलले जानकारी दिनुभयो ।

भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सरावल गाउँपालिकाको लागि कोभिड बिशेष कृषि कार्यक्रम लागू गरिएको हो । कोभिड बिशेष कृषि कार्यक्रम अन्तर्गत ब्यवसायिक खेती गर्न चाहने र बिदेशबाट फर्केका युवा,आफ्नै र अरुको जग्गा भाडामा खेती गर्न चाहने र अन्य कार्यक्रममा मौका नपाएका कृषकहरु तथा अति बिपन्नलाई बिशेष प्राथमिकता दिइएको अधिकृत पौडेलले बताउनुभयो । कोभिड बिशेष कृषि कार्यक्रममा कृषि कार्य अनरुप बिल रकमको अधिकतम ७५ प्रतिशतले हुन आउन रकम तथा अनुदानग्राहीलाई २० हजार उपलब्ध गराइने भएको हुनाले अनुसुची ३ ,४ बमोजिम निबेदन र प्रस्ताव तथा नागरिकताको प्रतिलिपि वा ब्यवसायिक र कृषि फर्म भए दर्ता प्रमाण पत्र ,वडा कार्यालय वा कृषि प्राबिधिकको सिफारिस लिएर १५ दिन भित्र सरावल गाउँपालिका अन्तर्गतका कृषकलाई कार्यालयमा सम्पर्क गर्न अधिकृत पौडेलले आग्रह गर्नुभयो ।

You might also like