बर्दघाट खानेपानी द्वारा खानेपानी महसुलमा छुट !

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट ४ स्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी महशुल छुट गरेको छ । नयाँ भेरियन्टको कोभिड १९ को महामारीमा आफ्ना उपभोक्ताहरुलाई एक महिनाको खानेपानीको न्युनतम महशुल छुट गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष धातानन्द बस्यालले बताउनुभयो ।

निषेधाज्ञाका कारण जनजिविकामा असर गरेकोले उपभोक्ताहरुलाई केहि राहत पुगोस भन्ने उद्देश्यले आषाढ महिनाको महशुलमा न्युनतम शुल्क र बन्दावन्दिको अवस्थामा विलम्ब शुल्क समेत छुट गरिएको उहाँले बताउनु भयो । न्युनतम महसुल मासिक रु.११० रहेकोमा उक्त एक महिनाको रकम छुट गरिएको संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा समिति संयोजक दिपक लम्सालले बताउनुभयो । उहाँले सबै उपभोक्ताहरुलाई ध्यान दिएर यो निर्णय गरिएको बताउनुभयो ।

त्यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दघाट नगरपालिकाले वडा नम्बर २ मा सँचालन गरेको आइसोलेसन सेन्टरमा खानेपानी ब्यवस्थापनको लागि खानेपानी टँकी स्टाण्ड लगायत अन्य सामाग्रीहरु समेत जडान गरी विरामी र विरामीका आफन्तलाई खानेपानी पहुँचमा सहजता पु¥याएको उहाँले बताउनुभयो ।

You might also like