स्विचअनले ल्यायो चाडपर्व बिशेष ‘अफर’

0

बर्दघाट – स्विच अन मल्टीब्राण्ड शो रुमले चाडपर्व बिशेष ‘अफर’ सार्वजनिक गरेको छ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको शो रुमले इलेक्ट्रोनिक्स समान बिक्रीमा बिशेष अफर ल्याएको हो । वुवाको मुख हेर्ने औशी देखि छठ सम्मका लागि भन्दै शो रुमले बिभिन्न अफरहरु बनाएको संचालन ऋषि अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार वुवाको मुख हेर्ने दिन सम्मका लागि ५ हजार भन्दा माथिको सामान खरिद गरेमा वुवाको लागि बिशेष मिस्ठान्न सहितको प्याकेज अफर छ । त्यस्तै तिज बिशेष मेक अफ अफर समेत शो रुमले बनाएको छ । जसमा ७ हजार रुपैया देखि १५ हजार माथि समान खरिद गरे १ हजार रुपैया १५ हजार देखि २५ हजार सम्म १ हजार २ सय रुपैया र २५ हजार माथिको सामान खरिद गरे १ हजार ८ सयको मेकअप सामान अफर दिइने बताएको छ । शो रुमले दशै तिहार बिशेष अफर समेत गर्ने तयारी गरेको बताइएको छ ।

You might also like