रामग्राम नगरको प्रकोप ब्यवस्थापन कोषमा रकम जुटदै

नगरले राहत बाड्न शुरु ग¥यो

0

रवि पाण्डेय
परासी २६ चैत्र – पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा करिब १० लाख रुपैया संकलन भएको छ भने नगरले पहिलो चरणको राहत वितरण कार्य बुधवारबाट शुरु समेत गरेको छ ।नगरपालिकाले वडास्तरमा गठन गरेको समितिमार्फत राहत वितरण कार्य गर्न योजना अनुसार वडा वडामा राहत सामाग्री पु¥याउने क्रम अन्तिम चरणमा रहेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताउनुभयो । उहाँका अनुसार नगरले २ हजार ३ सय अतिविपन्न श्रमिकहरुलाई राहत दिइने योजना अनुसार कार्यलाई तीब्र बनाइएको छ ।

नगरपालिकाले परिवार संख्याका आधारमा २ किसिमबाट बितरण कार्यक्रमलाई अगाडि वढाइएको गुप्ताले जानकारी दिनुभयो । मापदण्ड अनुसार परिवार संख्या ४ जनाको रहने विपन्न परिवारलाई एक परिवार मानेर परिवारलाई पुरै राहत खाद्यान्न दिइनेछ भने उक्त परिवारले राहत वापत १० किलो चामल,दाल १ किलो ,तेल आधा लिटर सोयाविन आधा किलो ,नुन १ किलो ५ किलो चामल थप गरेर राहत दिइने बताइएको छ । त्यस्तै रामग्राम नगरपालिकाको राहत कोषमा नगरपालिकामा रहेका निजामती कर्चचारीहरुले दुई लाख ९ हजार ,नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य शाखाका कर्मचारीहरुले ९९ हजार शिक्षकबाट करिब २ लाख र जनप्रतिनिधिहरुबाट १ लाख ५० हजार गरी जम्मा गरिएको छ । उता नेपाली काँग्रेस जिल्ला कार्यसमितिले २५ क्विन्टल चामल र नवलपरासी ईटा व्यवसायी संघले ५१ हजार रकम नगरपालिकाको राहतकोषलाई दिएको गुप्ताले जानकारी दिनुभयो । करिब १० लाख रुपैया बराबरको राहत जुट्ेको छ – गुप्ताले स्थानीयपत्र संग भन्नुभयो – जुटने क्रम जारी छ । अरु साथीहरु पनि राहत दिन आउने तयारीमा हुनुहुन्छ ।
त्यस्तै नगरपालिकाले नगरका सबै नाकामा कडाईपूर्वक लकडाउन शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

You might also like