गर्मी छल्न जाउन हजुर झोलुङ्गे पुलैमा

0

बागलुङ, भदौ ३० गते । बन्दाबन्दीको कारण देशका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु सुनसान छन्। स्वदेशी तथा विदेशीहरुको पहिलो रोजाईमा पर्ने आकर्षक पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल छैन ।

2020-09-15-22652
अधिकांश स्थानमा मानिसहरुको चलहलपहल कम भए पनि बागलुङ–पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुल आसपासको क्षेत्र हरेक दिन अवलोकनकर्ताहरुले भरिभराउ हुन थालेको छ ।


शालिग्राम शीलाको लागि प्रख्यात कालीगगण्डकी नदीमाथि निर्माण भएको ५७६ मिटर लामो झोलुङ्गे पुल साउन १६ गतेदेखि सर्वसाधारणलाई खुला गरे पछि आन्तरिक पर्यटकहरु पुल अवलोकनका लागि आउने क्रमजारी छ ।
भदौ ३ गतेदेखि १७ गतेसम्म बागलुङ बजारमाजारी गरेको निषेधाज्ञा खुलाभए लगतै पुल तर्ने, फोटो खिच्ने र गर्मी छल्न डाडा काँडा पुगनेहरुको लर्काे लाग्नथालेको हो ।


‘पुल नबन्दा हाम्रो गाउँ सुनसान थियो’ पर्वत पाङ्गका ६१ बर्षिय सिद्धिमान परियारले भन्नुभयो–‘अहिले त विहान, बेलुकी दिउँसो जतिबेला पनि मेला लागे जस्तो भएको छ ।’
बागलुङबाट जाने अवलोकनकर्ताहरुले अदुवावारी, पाङ्गको समथर भागमा रहेका प्लास, कालीगण्डकी नदी, बागलुङ बजार आउने गरी फोटो खिच्ने, पाङ्गको ढिकमा गएर चिसो हावामागर्मी छल्ने गरेको परियारको भनाई छ । ‘जिन्दगीमा पहिलो पटक हाम्रो गाउँमा यति धेरै चहलपहल छ’ उहाँले भन्नुभयो–‘बजारबाट सामन ल्याउन, लैजान पनि साह्रै सजिलो भएको छ ।


पुल बन्नु पहिले पाङ्गका स्थानीयलाई एक घण्टा पैदल ओरोले यात्रा पछि गरे पछि सवारी मार्फत कुश्मातथाबागलुङ बजार आउने गर्थे , अहिले दशमिनेटमा बजार आउने सुविधा थप भएको छ ।
‘अहिले त बागलुङबाट पर्वत मनिङ्ग वाल्क गर्न आउँछन’ मिसिक्कहाँस्दै परियारले थप्नुभयो–‘सुविधाभनेको यस्तो रैछ ।’ कुनामा परेको हाम्रो गाउँअहिले झलमल भएको महसुस गरेको छु ।

पुलनिर्माणको जिम्मेवारी लिएको कम्पनीले सम्झौता अवधिभन्दा तीन महिनाअघि गत बैशाख महिनामा निर्माण कार्य सम्पन्न गरेको हो । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ ।

Gorkha patra

You might also like