सल्यानका सुनसान पर्यटकीय स्थल (फोटो फिचर)  

0

असोज ११, २०७७ सल्यान : कोरोना महामारी फैलने डरले सरकारले लगाएको लकडाउनका कारण सल्यानका पर्यटकीय क्षेत्र सुनसान बनेका छन्। जिल्लाका धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका पर्यटन क्षेत्रमा सर्वसाधारणको अझैसम्म आवागमन हुन सकेको छैन।

कुपिण्डे दह । सल्यानमा पनि सरकारले घोषणा गरेको देशका एक सय पर्यटकीय स्थलमध्येका गन्तव्य छन्‌। यहाँका कुपिण्डे दह, खैरावाङ भगवती मन्दिर, देशकै बलि नचढ्ने छत्रेश्वरी शक्तिपीठ, कालिमाटी गंगामाला भगवती मन्दिर, कछुवा दह, लक्ष्मीपुर शक्तिपीठ, मोखला शिव गुफा, कुमाख लेख, लगायतका क्षेत्र पर्यटक नआएकाले सुनसान देखिएका छन्।

छत्रेश्वरी शक्तिपीठ । पर्यटकको नआउँदा स्थानीयस्तरमा सञ्चालित होटल तथा लजहरू पनि बन्दप्राय: छन्। बन्दाबन्दीका कारण धेरै होटल तथा लजहरू बन्द हुने अवस्थामा पुगेको होटल व्यवसायी संघका अध्यक्ष ध्रुव भण्डारीले बताए। होटल तथा लजहरू बन्द हुँदा धेरैले रोजगारी समेत गुमाएको उनको भनाई छ।  यसअघि दैनिक दुईदेखि तीन सयसम्म पर्यटक आउने कुपिण्डे दह लकडाउनका कारण बन्द हुँदा ढुंगा चलाएर जीविकोपार्जन गर्नेहरू समस्यामा परेका छन्। डुङ्‌गा चलाउने प्रमुख व्यवसाय बनाएका सबै अहिले संकटमा परेको डुङ्‌गा चालक धन बहादुर पुनले बताए। उनले भने, ‘कोरोनाले हाम्रो रोजीरोटी खोसिदियो।’ कछुवा दह ।

Thaha khaber

 

You might also like