अन्तरक्रिया सम्पन्न

0

 

बर्दघाट- माकर बहुमुखी सहकारी संस्था लिमिटेड बर्दघाट ४ ले सहकारी बिशिष्टीकृत ब्यवसाय बारे अन्तक्रिया गरेको छ । विहीवार भएको सो अन्तरक्रियामा सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइएको थियो । संस्थाका अध्यक्ष शिवलाल कण्डेलको अध्यक्षता रवि पाण्डेको संचालन रहेको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारी बर्दघाट नगरपालिका वड नम्बर ४ का वडाध्यक्ष तथा नगर प्रबक्ता रविन्द्र बिक्रम हमाल चन्द्रोदय बहुउदेश्शीयका पुर्ण प्रसाद तिमिल्सिना सहकारीकर्र्मीहरु दिर्घजीवी पोखरेल , राजु खनाल , सुर्यनाथ अधिकारी , दिलकुमारी कुवर, पुर्णचन्द्र घिमिरेलगायतले धारणा राख्नुभएको थियो । अन्तरक्रियाबाट सहकारीका समस्या र समाधानका बिषयमा सहकारीबीच निरन्तर संवाद गर्ने समेत निर्णय गरिएको थियो ।

You might also like