बुद्धमंगलतालमा जलदेवीको मन्दिर शिलान्यास

0

नवलपरासी – बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको ऐतिहासिक बुद्धमंगल तालमा जलदेवीको मन्दिर शिलान्यास गरिएको छ ।

बुद्धसंग सम्बन्धित सो तालमा शनिवार आयोजित एक कार्यक्रमबीच प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले मन्दिर शिलान्यास गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख धीरज शर्मा बस्याल उपप्रमुख मायादेवी पौडेल , वडाध्यक्ष मानबहादुर मल्ल र समाजसेवी बृहस्पति अधिकारी , सुरज केसी कुबेर न्यौपाने सत्रिन पाठक लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । सो तालको क्षेत्रफल २ बिघा ५ कठठा रहेको छ भने तालक्षेत्रको पुरै क्षेत्रफल ७ बिघा बढी छ ।

You might also like