भोलि अरुणखोलामा फुड बैंक अभियान

0

असोज ९ । नवलपुरमा महाअभियान हरेक दिन एक मुठी दान सामाजिक अभियानको पहलमा तथा विभिन्न सामाजिक संस्थाहरु jci नवलपुर ,हेल्प अर्गानाइजेसन,ड्याड नेपाल,हाम्रो संसार,कोइलापानी पोलस्टार क्लबको सहकार्यमा संचालित फुड बैंक कार्यक्रम निरन्तर रुपमा संचालन हुने भएको छ।

हुनेले दिएर जाउ ,नहुनेले लिएर जाउ भन्ने नारा सहित सुरु गरिएको फुड बैंक कावासोतीमा लगातार ९ दिनसम्म संचालन भएको थियो भने त्यसपछी डण्डामा गत शनिबार संचालन गरिएको थियो।एकै ठाउमा संचालन गर्दा टाढाबाट खाद्यान्न सामाग्री लिन आउन कठिन हुने तथा कतिपय अवस्थामा दोहोरिन सक्ने समस्या भएको हुदा कार्यक्रम हरेक हप्ताको शनिबार फरक फरक चोकमा गर्न लागिएको फुड बैंकका संयोजक किरण भुर्तेलले बताए।

लगातार ९ दिनसम्म कावासोतिमा संचालन भएको फुडबैकबाट ८७२ घरपरिवार,जिल्लाका ९ जना संचारकर्मी तथा डण्डामा संचालन गरिएको फुड बैकबाट ३५ जना लाभान्वित भएको अभियान्ता बिमल अधिकारीले जानकारी दिए।फुडबैंक सङ्गै संचालन भएको मास्क बैंकबाट हालसम्म २००० बढी मास्क बितरण भएको उनले बताए ।

भौतिक  दुरि कायम गरेर संचालन हुने कार्यक्रम भोलि १  देखि ३ बजेसम्म अरुणखोला बजारमा संचालन गरिने र त्यसलगत्तै जिल्ला विभिन्न प्रमुख चोकहरुमा क्रमश संचालन हुने जेसिआइ नवलपुरका अध्यक्ष नारायण प्रसाद न्यौपानेले जानकारी दिएका छन।स्थानीय समाजसेवी बिमल न्यौपानेको विशेष पहल तथा सहयोगमा अरुणखोलामा हुन लागेको फुडबैंकको संयोजन स्थानिय रुपमा अभियान्ता बासु कोइरालाले गर्ने जानकारी आयोजकले दिएका छन।गृहनगरमा उजुरी दिएकी थिइन्।..Nawalpur FM

You might also like