धनधन्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७६ शुरु

0

अस्मिता भुसाल
बर्दघाट – सुनवल –१२ हरकटटामा रहेको जनता आधारभुत विद्यालयको आयोजनामा श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७६ शुुरु भएको छ । विहीवार प्रमुख अतिथि सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले महायज्ञ उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपप्रमुख अर्यालले गत बर्ष सुनवल नगरपालिकाले स्थानीय शिक्षा ऐन बनाई सम्पुर्ण शैक्षिक संस्थाहरुको अनुगमन गरेको स्मरण गर्नुभयो । सो अवसरमा सामुदायिक विद्यालयहरुको तर्फदेखी सार्वजनिक आधारभुत विद्यालय मिश्रौलीका प्रधानाध्यापक भबिश्वर पाण्डे, नीजि विद्यालयका तर्फदेखी विद्यासागर ईग्लिश बोर्डिंग स्कुल सुनवल १२ हरकट्टाका कुसुम चापागाई लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । त्यस्तै विं सं २०४८ सालमा स्थापना भएको जनता आधारभुत विद्यालयको अग्रेंजी माध्यम र प्राविधिक शिक्षा सञ्चालनका लागी उक्त ज्ञान महायज्ञको आयोजना गरिएको र सो ज्ञान महायज्ञ पुस २ गतेसम्म बालब्यास पण्डित श्रीनारायण न्यौपानेको संगीतमय कथा प्रबचन तथा झाकी सहित सञ्चालन हुने जानकारी दिइएको थियो । महायज्ञमा करिब ७० लाख संकलन गर्ने र २० लाख खर्च गरि ५० लाख बचत गरि बचेको रकमको ब्याजबाट विद्यालयलाई शैक्षिक गुणस्तरका लागि थप शिक्षकहरुको ब्यवस्था मिलाई पठन पाठन अगाडी बढाउने लक्ष्यका साथ काम गरिरहेको आयोजकले बताएको छ । यज्ञ मुल सम्पादन समितिका महासचिव लुमाकान्त भुषालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन समाजसेवी टंक सुवेदीले गर्नुभएको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञ मुल सम्पादन समितिका संयोजक अमरनारायण चौधरीको अध्यक्षता भएको थियो ।

You might also like