नवलपरासीबाट १८ लाख २१ हजारको खशीबोका र केराउ बरामद

0

परासी, ११ श्रावण ।

पश्चिम नवलपरासीमा चोरी–तस्करी मौलाएको छ । स्थानिय तस्करहरुले मौका छोपी भारतबाट नेपाल र नेपालबाट भारत विभिन्न सर–सामानको चोरी तस्करी गर्दै आएका छन् । नेपाल र शसस्त्र प्रहरीको २४ घण्टे निगरानीका वावजुद पनि तस्करहरु खेत र खोलाको बाटो प्रयोग गरि कपडालत्ता, मटर, लागु औषध, खशीबोका, खाद्यान्न, हार्डवेयर, ईलेक्ट्रीक लगायतका सामाग्रीहरुको चोरी तस्करी गर्दै आएका छन् ।

२८ किलोमिटर खुल्ला सिमा रहेको जिल्लाको विभिन्न स–साना अवैध नाकाहरु प्रयोग गरि तस्करी हुदै आएको छ । दशगजामा पानी र झारपात बढेकाले गस्ती गर्न सुरक्षाकर्मीलाई कठिनाई हुने र सोही मोका छोपी तस्करहरु सुरक्षाकर्मीको आँखा छल्दै रातीको समयमाय तस्करी गर्ने गरेको पाइएको छ ।

त्यसैगरि तस्करी गरिरहेकै अवस्थमा शसस्त्र प्रहरीले हिजो शनिवार राती १७ लाख मुल्य बराबरको ८५ वटा अवैध खशी बरामद गरेको छ । स्थानिय तस्करहरुले रातीको समयमाय भारतबाट सुस्ता ५ बलीनगर अवैधबाटो प्रयोग गरि नेपाल भित्राउन खोजेको ८५ वटा खशीलाई शसस्त्र प्रहरीको गस्ती टोलीले विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो । खशी नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी र तस्करहरु बिच सामान्य विवाद समेत भएको थियो । १७ लाख मुल्य बराबरको बरामद उक्त खशी आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाले जानकारी दिए ।

त्यस्तै नेपाल प्रहरीले पनि हिजो शनिवार विनिन्न नाकाबाट १ लाख २१ हजार मुल्य बराबरको मालसमान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न नाकाबाट हार्डयवरका सामान र ३७ बोरा केराउ बरामद गरि आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिमामा भैरहेको चोरी तस्करी रोक्न सुरक्षाकर्मीहरुले निगरानी बढाएका छन् ।

Nandan post

You might also like