याेजना तर्जुमा सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

0

नवलपरासी ३ असाेज /

पश्चिम नवलपरासीको सरावल गाउपालिकामा याेजना तर्जुमा सम्बन्धि तालिम सम्पन्न भएको छ। संवाद किशोर किशोरी सञ्जालको आयोजना तथा सरावल गाउँपालिकाकाे समन्वय र ए.वि.सि नेपाल स्ट्रोम फाउण्डेसनकाे सहयोगमा याेजना तर्जुमा सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको हो । सञ्जालका अध्यक्ष महेश यादव को अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथता मा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि चाैधरीले प्रशिक्षण समेत गर्नुभएको थियो । प्रमुख अतिथि चाैधरीले यस तालिम बाट सिकेका कुराहरूलाई अाफ्नाे व्यहारिक जिवनमा लागू गर्ने र याेजना तर्जुमा भनेकाे केहाे कसरी गरिन्छ र किन गरिन्छ समुदायका मानिसहरुलाई समेत सिकाउने र समाज सेवाकाे भावना उत्पन्न गराई अाफु पनि समाज सेवामा सधै अग्रसर भई कार्य गर्ने बताउनु भएको थियो साे अवसरमा बाल्दै संवाद किशोर किशोरी सञ्जालका उपसमिति का संयाेजक सुरेन्द्र प्रजापतिले यस याेजना तर्जुमा सम्बन्धि अभिमुखिकरण तालिम बाट सिकेका कुराहरूलाई अाफ्नै समुदायका मान्छेहरुलाई गई सिकाउने र समाज सेवा गर्न सधै लागि पर्ने बताउनु भएको थियो । कार्यक्रममा बाेल्दै सञ्जालका अध्यक्ष यादवले याे तालिम बाट सिकेका सम्पूर्ण याेजना तर्जुमा सम्बन्धि ज्ञान , र याेजना निमार्ण कसरी गर्ने र यस बाट हुने फाइदा र याेजना बनाउने भन्ने नेपालमा कहिले देखि लागू भयाे र यस बाट समुदायमा कसरी बिकास गर्न सकिन्छ समाजमा भएको सम्पूर्ण ब्यक्तिहरुलाई बताउने र समाज बिकासकाे सम्पूर्ण कार्यमा लागि पर्ने र हामी हाम्रो हक अधिकारकाे लागि सधै अगाडि रहनु पर्ने बताउनु भएको थियो । सञ्जाल का सदस्य अारिफ खानँकाे स्वागत मन्तब्य बाट सरुभएकाे याेजना तर्जुमा तालिम बाट हामीले धेरै नै कुराहरु सिकिसकेका छा‌ै र यस तालिम बाट सिकेका सम्पूर्ण कुराहरु अाफ्नाे ब्यहारिक जिवनमा लागू गर्ने बताउदै स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रममा संवाद किशोर किशोरी सञ्जालका २५ जना किशोर किशोरीहरुकाे सहयोगीता रहेको थियो । कार्यक्रम सञ्चालन सञ्जालका काेषाध्यक्ष सन्दिप बिकले गर्नुभएको थियो ।

You might also like