रञ्‍जनको सजाय घटाउने फैसलालाई पुनरावलोकनमा लैजाने सर्वोच्चको निर्णय

0

११ साउन २०७७

काठमाडौं : पत्‍नी हत्याको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रञ्‍जन कोइरालालाई सजाय घटाएर उन्मुक्ति दिने फैसलाविरुद्ध पुनरावलोकन हुने भएको छ।

पुनरावेदनको निवेदनउपर आइतबार सर्वोच्च अदालतमा सुनुवाइ भएपछि पुनरावेदनका लागि निस्सा प्राप्त भएको हो। सर्वोच्चका तीनजना न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ भएपछि पुनरावलोकनमा जानका लागि निस्सा प्राप्त भएको हो। अब प्रधानन्यायधीशले इजालस तोकेपछि यो यसमा बहस सुनुवाइ हुनेछ।

पुनरावलोकनमा जाने कि नजाने भन्‍ने सम्बन्धमा पहिलो चरणमा सर्वोच्च अदालतका न्यायाधीशको च्याम्बरमा आन्तरिक अध्ययन भएपछि मात्र यसलाई इजालस सुनुवाइमा लैजाने परम्परा छ।

श्रीमती हत्या कसुरमा सर्वस्वसहित कैद भोगिरहेका रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइ दिएपछि उनी साउन ८ गते  छुटेका हुन्।

काठमाडौँ जिल्ला अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद गरेको सजायलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ गते सदर गरेको थियो।उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार १५ गते कोइरालालाई तोकिएको सजायमा भारी छुट गर्दै ८ वर्ष ६ महिनामा झारिदिएको थियो।

कोइराला जेलमु्क्त भएको केही घण्टामै महान्यायाधीवक्ता कार्यालयले सजाय छुट दिने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साविक मुलुकी ऐन अ.ब. १८८ नम्बरले दिएको स्वविवेकीय अधिकारको दुरुप्रयोग गरी कोइरालाई सजायमा ११ वर्ष ६ महिना छुट दिएको छ।

कोइरालाई उन्मुक्ति दिनका लागि गीताको मृ्त्युलाई भवितव्यको परिणामका रुपमा  व्याख्या गरिएको छ।सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्न जाने ‘चित्तमा’लागेकोले सजाय घटाइएको उल्लेख छ।

Annapurna post

You might also like