प्रतापपुर गाउँपालिकाद्वारा पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री बितरण

0

बेलाटारी ११ जेठ – प्रतापपुर गाउँपालिकाले गाउँपालिका भित्रका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकाले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएको प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माले बताउनुभयो । गाउँपालिकाले एन–९५ माक्स, सेनिटाईजर, ग्लबस लगायतका सामाग्री उपलब्ध गराएको थियो ।

You might also like