सम्पुर्ण समस्या समाधान गर्न आफु लागि परेकी छू : कार्यवाहक अध्यक्ष चौधरी

0

उमेश बि.क
नवलपरासी १ असोज – प्रतापपुर गाउँपालिकाकी कार्यबहाक अध्यक्ष अन्जु कुमारी चौधरीले सडक, शिक्षा, स्वास्थ्य ,खानेपानी जस्ता समस्याहरुलाई चाडै समाधान गरिने बताउनुभएको छ ।
उहाँले गाउपालिकाको सम्बन्धमा संचारकर्मीहरु प्रतिक्रिया दिदै उक्त कुरा बताउनुएको हो ।
चौधरीले प्रतापपुरमा रहेको वडा न १ देखि ९ सम्मको सबै समस्याहरुलाई समाधान गरि जनतालाई सहजता प्रदान गरिने आफ्नो मुख्य जिम्मेवारी रहेको प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
प्रतापपुर गाँउपालिका भारतको सिमा नाका सम्म बानावट रहेको यी क्षेत्रमा लागुपदार्थ र्दुब्यशनी ,चेलिबेटी बेचबिखन,महिला हिंसा ,तथा गाडि दुर्घटना जस्ता घटनाहरु बढि हुने भएकोले यसका समाधानका लागि लागि परेको बताउनु भयो।
उहाँले गाँउपालिका अन्तर्गत रहेको यी विभिन्न समस्याहरु समाधान गर्न गाँउपालिकाले कुनै पनि कुरामा पछि नपर्ने ठोकुवा गर्नु भयो ।
उहाँले गाँउपालिका अन्तर्गत रहेको सम्पुर्ण सरकारी गैरसरकारी संघसंस्थालाई प्रतापपुरको सम्पुर्ण समस्या समाधान गर्न सबैमिलेर जानू पर्ने सबैमा निर्देशन समेत गरिसकेको बताउनु भयो ।
यो बर्षको खास गरि कोभिड बिशेष कार्यक्रम ,सडक कालोपत्रे शिक्षा ,स्वास्थ्य , खानेपानि ,युवा बिकास तालिम ,निर्माण,महिला ,बालबालिका ,पिछडा बर्ग लगायत क्षेत्रको कार्यलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

You might also like