नेपालमा भारतीय न्यूज च्यानल बन्द

0

 

 

काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन्।

 

वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए ।

भारतीय सञ्चार माध्यमको अनर्गल प्रचारप्रति सरकारले कानूनी उपचार खोज्ने

असार । भारतीय सञ्चार माध्यमले नेपालमाथि जारी राखेको अर्नगल प्रचारप्रति सरकारले पनि चासो देखाएको छ ।

नेपाल र अझ विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली एवं दलका नेताहरुमाथि भारतीय सञ्चार माध्यमले सुरु गरेको तल्लो स्तरको प्रचारबाजीलाई लिएर सरकारले राजनीतिक र कानूनी उपचार खोज्ने तयारी गरेको छ ।

सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले भारतीय सञ्चार माध्यममा आएको समाचारको निन्दा गरिने बताए

विगत एक महिनादेखि भारतीय सञ्चार माध्यमहरुले नेपाल र नेपाली जनतामाथि अपमानजनक शब्दहरुको प्रयोग गर्दै निरन्तर कुप्रचार गर्दै आएका छन् ।

भारतीय टेलिभिजन च्यानलहरुलाई रोक लगाउन आवाज उठिरहेको अवस्थामा भएको यो हर्कतप्रति सरकार गम्भीर रहेको पनि उनको भनाइ थियो ।

उनले सञ्चार माध्यम चाहे नेपालसहित जुनसुकै मुलुकको किन नहुन उनीहरुबाट सही समाचार सम्प्रेषण हुनु पर्छ भन्ने सरकारको मान्यता रहेको बताउँदै उनले चरित्र हत्या गर्ने, मानमर्दन गर्ने , द्धेष तथा दुर्भावना फैल्याउनेको सरकारले भत्सर्ना गर्ने प्रष्ट पारे ।

मन्त्री खतिवडाले नेपालको राष्ट्रियता, स्वाधीनता र नोपलीहरुको स्वाभिमानमा चोट पुग्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै सरकार राजनीतिक र कानूनी उपचार खोज्न तयार रहेको बताए ।

विगत एक महिनादेखि भारतीय सञ्चार माध्यमहरुले नेपाल र नेपाली जनतामाथि अपमानजनक शब्दहरुको प्रयोग गर्दै निरन्तर कुप्रचार गर्दै आएका छन् ।daunnenews

You might also like