मजदुरहरुको अवस्था प्रति स्थानीय तह उदासिन : क्रान्तिकारी माओवादी

0

नवलपरासी १५ भदौ : नेकपा (क्रान्तिकारी माओवादी)को जिल्ला समिति पश्चिम नवलपरासीको बैठक बर्दघाटमा सोमवार सम्पन्न भएको छ । बैठकमा उपस्थित जिल्ला समितिका सदस्यहरुले रिर्पाेटिङ गरेका थिए । बैठकमा जिल्ला सचिवालय सदस्यहरु समर, बिवेक र क्रान्तिले लकडाउनको वर्तमान अवस्थामा दैनिक ज्यालादारी मजदुरहरुको अवस्था प्रति स्थानीय तह उदाशीन रहेको बताउनुभयो ।
त्यस्तै पार्टीका अर्का सचिवालय सदस्य न्युक्लियसले कोभिडको हल्ला पुजीवादीहरुको कमाउ धन्दा मात्र रहेकोले त्यसबारे जनतालाई सचेत गराउनुपर्ने बताउनुभयो । ११ दलीय मोर्चाका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव थियो । बैठकमा जिल्ला सदस्य युगलले देशको माहौल नक्कली कम्युनिष्टमय भएको बताउदै त्यसलाई तोड्न जरुरी रहेको बताउनुभयो । बैठकमा जिल्ला सदस्य सरोज , बसन्तलगायतले बोल्नुभएको थियो । त्यस्तै बैठकका अध्यक्ष तथा जिल्ला सेक्रेटरी चोलाले क्रान्तिकारीहरु निराशावादी हुनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

You might also like