जन्मदिनमा स्टेशनरी वितरण

0

संसारकोट – दौतरी एफएम बर्दघाटका प्रबन्ध निर्देशक नारायण भण्डारीले आफनो जन्मदिनको अबसर पारी बिद्यालयमा स्टेशनरी सामाग्री वितरण गर्नु भएको छ । बर्दघाट नगरपािलका २ संसारकोटमा रहेको मौलादेवि प्राविमा कक्षा १ देखि कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थिहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नु भएकोे हो ।

जन्मदिनको अबसरमा नया ठाउ घुम्न तथा केक काटि पार्टि दिएर मनाउने प्रचलन बढिरहेको समयमा केहि फरक किसिमले जन्मदिन मनाउनु पर्छ भन्ने लागेर बर्दघाट नगरपालिकाको विकट पहाडि क्षेत्रमा रहेको मौलादेवि प्राविमा स्टेशनरी सामाग्री वितरण गर्नै सोच बनाए अनुसार वितरण गरेको बताउनु भयो । साथै आगामी दिनमा समेत विशेष दिन तथा अवसर पारी यस्ता कार्य गर्नै प्रतिबद्धता जनाउनु भयो । जन्मोत्सव कार्यक्रममा दौतरी एफएमका अध्य्क्ष सिसम पाण्डे, स्टेशन म्यानेजर राजु पोखरेल, लगायतको उपस्थिती रहेको थियो ।

You might also like