नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ७ वटा टयाक्टर प्रहरीको नियन्त्रणमा

0

नवलपरासी, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ७ वटा टयाक्टरलाई नियन्त्रणमा लिएको छ ।

रामग्राम नगरपालिका वडा नम्बर १२ स्थित झरही खोलामा अबैध रुपमा नदिजन्य पदार्थ मिस्कट, बालुवा उत्खनन गरी लोड गर्दै गरेको अवस्थामा लु २ त ९९३५ नम्बरको टयाक्टर र वडा नम्बर १४ स्थित तुरिया खोलाबाट अबैध रुपमा उत्खनन गरी मिस्कट बालुवा लोड गर्दै गरेको अबस्थामा लु ३ त ८२१८ नम्बरको टयाक्टरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका दुबै टयाक्टरलाइ आवश्यक कारवाहीका लागी  रामग्राम नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तैगरी सिमा प्रहरी चौकी महेशपुर , इलाका प्रहरी कार्यालय अमानिगंज र प्रहरी चौकी गोबरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पाल्हिनन्दन गाउपालिका वडा नम्बर ३ पिपरहिया स्थित झरही खोलाबाट अबैध रुपमा उत्खनन गरी मिस्कट लोड गर्दै गरेको अबस्थामा ५ वटा टयाक्टरलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका टयाक्टर लु ४ त ३८५५, लु २ त २४१५, लु २ त ९७१९ , लु २ त ८५९७ र ग २ त २७५८ रहेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिइएका ५ वटै टयाक्टरलाइ आवश्यक कारवाहीका लागी पाल्हिनन्दन गाउपालिकाको कार्यालयमा बुुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ।..Daunne news

You might also like