‘डा. केसीलाई हिँडडुल गर्न नदिनु गैरमानवीय’

0

१३ भदौ,

काठमाडौं : नेपाल चिकित्सक संघले प्रा.डा. गोविन्द केसीलाई हिँडडुल गर्न नदिनु गैरमानवीय कार्य भएको भन्दै आपत्ति जनाएको छ।

शनिबार विज्ञिप्ति सार्वजनिक गर्दै डा. केसीलाई आफू बसेको स्थानबाट हिँडडुल गर्न सुरक्षाकर्मीले रोकेको घटनाप्रति संघले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियान्ता केसी कोभिड–१९ संक्रमणको समयमा समेत दुर्गम स्थानमा स्वास्थ्य सेवा प्रदान गर्न सक्रिय हुँदा यस्तो कार्य हुनु आपत्ति जनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वभाविक र गैरमानवीय कार्य तत्काल रोक्न नेपाल चिकित्सक संघ सरोकारवाला निकायसमक्ष जोडदार माग गर्दछ।’

Annapurna post

You might also like