सिके राउतको पार्टीमा बिद्रोह

0

नवलपरासी १३ असार – डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा बिद्रोह भएको छ । राउतपछि दोस्रो बरियतामा रहेका केन्द्रिय सदस्य कैलाश महतो सहित ७ जना र जिल्ला कार्यसमिति पश्चिम नवलपरासीमा रहेका २१ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन । शनिबार परासीमा पत्रकार सम्मेलको आयोजना गरि जनमत पार्टीको दोस्रो बरियतामा रहेका तथा स्वतन्त्र मधेश गठबन्धनका पूर्व सहंयोजक समेत रहेका कैलाश महतोसहितका नेताहरुले पार्टीबाट बिद्रोह गरेका घोषणा गरे । डा राउत पछि महतो दोस्रा बरियता हुनुहुन्थ्यो ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार राजीनामा दिने अन्य केन्द्रीय सदस्यमा पश्चिम नवलपरासीबाटै धु्व्र प्रसाद कहाँर र राजमति पासवान, सिराहाबाट सतिला यादव, बारा बाट दिनेश प्रसाद यादव, पर्सांबाट सञ्जय कुमार साह र कपिलवस्तु बाट हकिकुल्लाह मुसलमान रहनुभएको छ ।केन्द्रिय सदस्यहरुले पार्टी परित्याग गरेपछि आफुहरु पनि सो पार्टीमा बस्नुको औचित्य नभएको भन्दै जनमत पार्टीको २३ सदस्यीय जिल्ला समिति मध्ये २१ जनाले राजिनामा दिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका थिए ।
जिल्ला अध्यक्ष श्री कृष्ण यादवसहित २१ जनाले संयुक्त विज्ञप्ति निकालेर राजीनामा दिएको पत्रकार सम्मेलनमा घोषणा गर्नुभएको हो ।
जिल्ला समिति मध्ये बाट बालगोविन्द चौधरी र विजयनाथ यादवले मात्रै बाकी रहेको बताइएको छ । पार्टी परित्याग गर्ने सबैले २०७६ फागुन २४ गते गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि पनि डा। राउतले एकलौटी रुपमा निर्णय गर्ने र पार्टीभित्र गुटको राजनीतिक गर्दै नेता तथा कार्यकर्तालाई कामदारको रुपमा काम गराउन खोजेको आरोप लगाउँदै राजीनामा दिएको उल्लेख गरेका छन् । नेता महतोले सिके रावतले र सरकार बिच भएको ११ बुँदे सहमति प्रति आफुहरुको सहमति नरहेको बताउदै आफुखुसी पार्टी चलाउन खोजेको बताउनुभयो ।

You might also like