बर्दघाटमा फुड बैंक सञ्चालन

0

पुष्पा गिरी/१७ भदै

बिश्वभर आक्रान्त बनाईरहेको कोरोना भाईरस कोभिड १९ ,कोरोना संक्रमणको महामारी बढ्दै गएपछी बिगत ५ महिनाको लकडाउनले थलिएको जनजिवन फेरि निषेधाज्ञाका कारण थप प्रभाबित भएको छ। सो रोगबाट निम्तीन सक्ने जोखिम र नियन्त्रणका लागी सरकारले आवाहन गरेको दोस्रो चरणको लकडाउन अर्थात बन्दाबन्दिका कारण दैनिक छाक टार्न समस्यामा परेका मजदुर तथा अति बिपन्न बर्गहरुलाई लक्षित गरि नवलपरासी लगाएत बिभिन्न स्थानहरुमा युवा समाजसेवि, बुद्धिजिवी, उधोगी, ब्यापारी हरुको पहलमा फुड बैंक संचालनमा ल्याई सो समुदायलाई सहयोग गरेका छन । यसैबिच, राष्ट्यि युवा संघ नेपाल बर्दघाट नगर कमिटीको पहलमा बर्दघाटमा बुधबार देखि सो बैंक संचालनमा आएको छ । संघका नगर संयोजक राजेश तिवारीको संयोजकत्वमा नगर भित्रका युवाहरुको संक्रियतामा सो बैंक संचालनमा आएको हो । हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने मुल नारा सहित संचालित फुड बैंकमा दैनिक ज्याला मजदुरी गरी दैनिकस् संचालन गर्दै आएका समुदायलाई राहात स्वरुप खाधान्य, दाल, तेल, नुन, हरियो तरकारी, चिउरा, सोयाबिन लगाउतका सामाग्रि परिवार संख्या हेरी दैनिकी मजदुर गरेर छाक टार्ने मजदुर सुत्केरी महिला अनाथ बालबालिका र शारिरिक अपाङ्गता भएकाहरुलाई बितरण गरीएको संयोजक तिवारीले बताउनु भयो ।सो फुड बंैक परिस्थिती सहज नहुञ्जेल बर्दघाटका सबै वडाहरुमा संचालन गरीने योजना रहेको र सोका लागी बिभिन्न स्थानिय तह राजनैतिक दल, उधोगी, ब्यापारी र समाजसेविहरु बाट सहयोग गर्न समेत संयोजक तिवारीले अनुरोध गर्नुभएको छ । पहिलो चरणको लकडाउमा स्थानिय तहहरुले राहात बितरण गरेपनि दोस्रो चरणमा भने स्थानिय तहको ध्यान कोरोना संक्रमण न्युनिकरण तर्फ गएको र  बिपन्न रोगले भन्दा पनि भोकले मर्न सक्ने भएकाले सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्ष अपनाएर सो बैंक संचालन गरीएको हुदा दैनिक छाक टार्न समस्या परेकाले मात्र फुड बैंकमा आई सहयोग लिन समेत तिवारीले अनुरोध गर्नुभएको छ ।

You might also like