पार्टी प्यालेसमा आगलागी, ४५ लाखको क्षति

0

काठमाडौं ।  काठमाडौँस्थित खुसिबुमा विवाहको भोज पकाउँदै गर्दा एक पार्टी प्यालेसमा आज साँझ अचानक आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका–१७ खुसिबु नयाँ बजार लिंक रोडमा सुरेशराज श्रेष्ठद्वारा सञ्चालित क्लासिक बफे प्वाइन्ट पार्टी प्यालेसको भण्डार कोठा र भान्सा कोठामा आगलागी हुन हँदा उक्त क्षति भएको हो ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले दमकलको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  khabardabali

You might also like