सरावलमा एक महिलामा कोरोना पुष्टि, २ जनाको रिपोर्ट आउन बाँकी

0

उमेश बि.क / नवलपरासी ,५ भदौ

पश्चिम नवलपरासीको सरावल गाँउपालीकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सो गाँउपालीकाको वडा नम्बर ३ की ६२ वर्षिय महिलामा संक्रमण पुष्टि भएको सरावल स्वास्थ्य शाखा प्रमुख अाेम नरायण देवकोटाले जानकारी दिनुभएको हाे । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणको क्रममा ति महिलामा कोरोना पुष्टि भएको हो ।

रुपन्देही छाेरीकाे घरमा साे महिला गएको र छाेरीलाई काेराेना संक्रमण देखा परेपछि आफुमा संक्रमणको शंका लागेकाेले महेन्द्र मा.बि सरावलमा पिसिअार परीक्षण गराएको थिइन् । साउन ३० गते ४८ जनामा गरिएको पिसिअार परीक्षणमा ४१ जनाकाे नेगेटिभ रिपाेट अाएकाे छ भने ७ जना बाकि रिपाेट मध्ये अाज अाएकाे रिपाेटमा ४ जनाकाे नेगेटिभ रहेको र साे महिलामा काेराेना पुष्टि भएकाे छ भने २ जनाको रिपाेट अाउन बाकी रहेको छ। काेराेना पुष्टि भएको महिलाको घरमा पुगी अवस्था बुझ्दा हाल कुनै लक्षण नरहेको र निजलाई आजै रामग्रामको आइसोलेसन सेन्टरमा लग्ने तयारि भैरहेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ ।

You might also like