सरावलमा ‘तपाईंको मास्क खै ?’ अभियान अन्तर्गत ४ सय मास्क बितरण 

0

उमेश बि.क / नवलपरासी ,२५ भदौ

समुदायमा कोरोना संक्रमण बढिरहेका बेला दिब्यज्याेति किशोरी समूह तथा दुर्गामाता किशोरी समुहले नवलपरासीको सरावल गाउँपालिका ३ र ४ का विभिन्न चाेकहरुमा तपाईंको मास्क खै ? अभियान सन्चालन गरेका हुन । दिब्यज्याेति किशोरी समूह एवम् दुर्गामाता किशोरी समुहकाे संयुक्त अायाेजनामा तथा ए.बि.सि नेपाल , स्ट्राेम फाउन्डेसनकाे सहयोगकाे सहयोगमा ‘तपाईंको मास्क खै ?’ अभियान अन्तर्गत ४ सय मास्क बितरण गरिएको हाे।

सर्वसाधारणलाई कोरोनाको जोखिमबारे सचेत गराउन यस्तो अभियान चलाएको ए.बि.सि नेपालकि सहजकर्ता साइदा नेसाले बताउनु भएको हाे। निषेधाज्ञा खुकुलो भए संगै मान्छेहरु मास्क नलगाई बाटो र चोकतिर हुल बाँधेर हिँडिरहेको भन्दै उनीहरुलाई सचेत गराउन र मास्क लगाउन उत्प्रेरित गर्न मास्क बितरण गरिएको हाे। सरावल गाउँपालिककाे गाउँपालिका जाने चाेक ,गाेबरहिया चाेक ,हात्तिबन चाेक तथा बड्सारमा ४ सय जनालाई निशुल्क मास्म बितरण गरेको थियाे। ‘तपाईंको मास्क खै ?’ अभियानमा सारदा थापा ए.बि.सि नेपालकि सहजकर्ता साइदा नेसा,सबिता चाैधरी ,दुर्गा बि.क , किशोर किशोरी सन्जाल अध्यक्ष महेश यादव ,काेषाध्यक्ष सन्दिप बि.क,अनिल गुप्ता लगायतको सहभागीता रहेको थियाे।

You might also like